
पूर्णपुष्टि, फागुन १३
शुक्रबार भएको काँग्रेस र माओवादीको बैठकले गठबन्धन सकरात्मक रहेको शन्देश दिएको छ । एमसीसीले भड्कीलो अवस्थामा टुटफुटको समेत हल्ला चलिरहेको अवस्थामा बैठकले गठबन्धन जोगाउन कांग्रेस र माओवादी दुवै सकरात्मक रहेको निष्कर्ष निकालेको छ ।

गठबन्धन भित्रै रहेका कांग्रेसले कुनै पनि हालतमा एमसीसी पास गर्नु पर्ने अडान राखेको र माओवादीले भने कुनै पनि हालतमा पास गर्नु नहुन अडान राख्दै जाँदा सत्ता गठबन्धनभित्र खटपट रहेको थियो । शुक्रबार भएको कांग्रेस नेता र माओवादी नेताहरुको उक्त भेटवार्ताले भने गठबन्धन जोगाउन सकरात्मक रहेको शन्देस दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।

अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।

तर शुक्रबारको छलफलमा फेरि गठबन्धन जोगाउन दुबै पक्षबीच सकारात्मक ढंगले छलफल भएको बैठकपछि एक नेताले जानकारी दिए । बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।
