गस्तीमा गएको प्रहरीकै मोटरसाईकल चोरी भएपछि

पूर्णपुष्टि, कार्तिक २१

सप्तरीमा गस्तीमा गएको प्रहरीको मोटरसाईकल चोरी भएको छ । इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे ।

उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए । बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक ९असई० दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: