Sunday, April 19News That Matters

गाईघाटका दुई ठुला क्याम्पसमा हुन सकेन स्ववीयु निर्वाचन

पूर्णपुष्टि, ५ चैत्र ।
उदयपुरका दुई ठुला क्याम्पसमा यो वर्ष स्वविय निर्वाचन हुन सकेन । बिभिन्न कारणहरुको अवरोध देखाउँदै उदयपुरको पुराना र ऐतिहासिक क्याम्पस तथा कोशी प्रदेशकै उत्कृष्ट त्रियुगा जनता बहुमुखी क्याम्पस सँगै बरुवा क्याम्पसले यो बर्ष स्ववियु निर्वाचन गर्न नसकेको हो । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश राईका अनुसार विद्यार्थी संगठनहरुले आआफ्नो कुरामा आपत्ति राखेपछि यो बर्ष चुनाव अन्योल बनेको जनाए । निर्वाचन नहुनको पहिलो कारण पछिल्लो समय ११ जना विद्यार्थीहरुको पुरा गागजात नभई लिएको भर्ना रहेको छ ।

फोटोको आधारमा मात्रै भर्ना गराएका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी नगराउने भन्दै बिभिन्न संगठनहरुले आपत्ति जनाएको थियो । त्रियुगा जनता बहुमुखी क्याम्पसका वर्तमान स्ववियु अध्यक्ष सरोज कार्कीका अनुसार टियुको नियम विपरिद भर्नाहरुका कारण निर्वाचनमा असर परेको जनाए । उनले टियुको नियम अनुसार माघ ११ गते सम्म भर्ना हुनेहरुलाई मात्रै निर्वाचनमा सहभागी हुन सकिने नियम छ । तर यस विषयमा सबै संगठनहरुको राय एकै भएपछि मात्रै निर्वाचनमा सहज हुने कार्कीले जनाए । यता बरुवा क्याम्पसको हकमा भने ११ गते सम्म भर्नाको विल बाँडेर पछि सम्मै भर्ना गराई रहेको जनाए । टियुका नियमको आधारमा ११ गते सम्मकाले मात्रै सहभागी जनाउन पाउने नियमका कारण क्याम्पसले भर्ना चै पछि सम्मै लिएको तर विल भने ११ गतेको वितरण गरिएको आरोप छ । यसको विरुद्धमा अखिल क्रान्तिकारीले विरोध गरेका थिए । यी दुवै क्याम्पसमा कहिले निर्वाचन हुने भन्ने अन्योल भएको छ ।