Saturday, April 26News That Matters

गाईघाटको फार्मेसि तथा औषधी पसलमा अनुगमन, ६ ओटालाई सचेत गराईयो

पूर्णपुष्टि, २१ चैत्र ।
गाईघाटमा नियमविपरित संञ्चालित बिभिन्न ६ ओटा औषधी पसल तथा फोर्मेसिलाई सचेत गराईएको छ । बिहिबार जिल्ला प्रशान कार्यालय उदयपुरको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डे र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईको सक्रियतामा गरिएको अनुगमन टोलीले ६ ओटा फार्मेसि तथा औषधी पसलहरुलाई सुधारका लागि सचेत गराएको हो ।

१२ ओटा फोर्मेसिहरुलाई गरिएको अनुगममा ६ ओटाले नियमविपरिद संञ्चालन गरेको पाईएपछि पहिलो पटक सुधार गर्ने मौका अनुरुप सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए । पाण्डेकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला प्रहरी कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, करदाता सेवा कार्यालय गाईघाट, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल उदयपुर, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, त्रियुगा नगरपालिका, उद्योग बाणिज्य संघ र संञ्चारकर्मीहरु समेतको उपस्थितिमा अनुगमन गरिएको हो ।

सरसफाई नभएको, दर्ता भएको भन्दा फरक ठाउँमा संञ्चालन रहेको, औषधीको नाममा खाद्य सामाग्री ब्यापार गरेको, म्याद गुज्रेको औषधी र अनुमति बिनै संञ्चालन जस्ता गल्ती गर्ने फार्मेसिहरुलाई सचेत गराईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले पहिलो चोटी भएकाले सचेत गराईएको जनाएको छ । उनिहरुलाई आफ्नो गल्तीको महसुस गराउँदै तत्कालै सच्चिन अनुगमन टोलीले निर्देशन समेत दिएको छ । यदि आउँदो दिनहरुमा फेरी गल्ती फेला परे सिधै कार्वाहीको प्रक्रियामा अघि बढ्ने अनुगमन टोलीले बताएको छ ।