
पूर्णपुष्टि, ४ फागुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरले लामो दुरीका सवारीहरुमा अनिवार्य दुई चालक कार्यन्वयन भए नभएको बारे अनुगमन गरेको छ । आईतबार प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको हो । गाईघाट स्थित त्रियुगा बसपार्कमा लामो तथा रात्री कालिन सवारीमा अनुगमन गरिएको हो । बिषेशगरी गाईघाटदेखी काठमाण्डौँ चल्ने सवारीमा अनिवार्य दुई चालक गरिए वा नगरिएको भन्नेबारे अनुगमन भएको छ । लामो यात्राको क्रममा निद्रा र थकानले चालकलले कुनै पनि बेला सवारी दुर्घटनाको परिस्थितिमा लैजान सक्ने भन्दै अनिवार्य दुई चालकको निति बनाएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले जनाए ।

पोखरेलका अनुसार गाईघाट देखी हेटौडा सम्म एउटा चालक र हेटौडा देखी काठमाण्डौँ सम्म फेरी अर्को चालक फेरिनु पर्ने नियम रहेको इन्चार्ज पोखरेलको भनाई छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले चालक सहि भएर सवारी चलाएको वा नचलाएको भन्ने बारे सचेत रहनु पर्ने जनाए । चालकले मापासे गरेर सवारी चलाउने, थाकेर अथवा निद्रामा कुनै पनि वेला सवारी चलाएमा दुर्घटनामा पर्न सकिने भन्दै त्यस्तो अवस्थामा यात्रु स्वयम आफैपनि सचेत बन्नु पर्ने जनाए ।
सवारी संञ्चालन गर्ने क्रममा नियम विपरिद चालकले चलाएको थाहा पाए तत्काल प्रहरीलाई कल गर्न समेत एसपी थापाले आह्वान गरे । हेटौडा बाट चालक फेरिएको नफेरिएको बारे यात्रुहरुले नियाल्नु पर्ने र नफेरिएको अवस्था भए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । पछिल्ला समय एउटै चालककले काठमाण्ठौँ सम्म सवारी चलाउने क्रममा धेरै ठाउँ दुर्घटनाको अवस्था आईरहेको छ । यसलाई नियन्त्रण गर्न उदयपुर ट्राफिकले अनिवार्य दुई जना सवारीको लागि कडा अनुगमन सुरु गरेको हो ।

एसपी थापाले यात्रुले पनि सवारी भित्र कुनै पनि हर्कत र अपाच्य शब्दहरु प्रयोग नगर्न अनुरोध गरेको छ । बिभिन्न खाले संकास्पद शव्दहरुबाट सजग हुनु पर्ने यसले ठगीको संकेत गर्छ, उनले यात्रुलाई सुझाएको छ । यस्तैगरी जताततै फोहर गर्न नहुने पनि यात्रुहरुलाई थापाले निर्देशन दिएको छ । सभ्य नागरिकको लागि हरेक व्यक्तिले फोरलाई नियन्त्रण गर्न लागि पर्नु पर्ने उनले सुझाए । यात्रुहरुले आफुले खाएको कुनै पनि बस्तुको खोल र बमेटहरु सफा सडकहरुमा फाल्नाले दुर्गन्धीत उत्पन्न भएको थापाको भनाई छ । यसलाई सबै मिलेर नियन्त्रण गर्नु पर्ने उनले जनाएको छ ।

