
पूर्णपुष्टि, २९ पुष ।
बरिष्ठ गायक तथा संगितकार जितेन राईले गाईघाटका दर्शकहरुलाई भरपुर नचाएको छ । आईतबार गाईघाट मोतिगडा स्थित होटल द एम्पायर इन मा आयोजित मुन्दुमी सांस्कृतिक साँझमा उपस्थित राईले दर्शकहरु नचाएको हो । उनले आफ्नो पुरानो चर्चित गितहरु गाएर दर्शक आकर्षित गराए । राईको उराठै लाग्छ नी, मालिङगो काटिनी लै लै, यो भुमि चुम्ने पहिलो र पुर्वै धरान लगायतका गितले दर्शक आकर्षण भएको थियो । राईले पूर्वै धराना अन्तिम समय गाएर दर्शकबाट विदा लिएका थिए ।
यस्तै राई सँगै गायिका पार्वती र राई र गायक भिषण मुकारुङले पनि दर्शकलाई झुमाए । गायिका पार्वती राईले चोमोलोङमा मुनी र चर्चित गित खोटाङ हलेसी गाएकी थिईन भने भिषण मुकारुङले आदिवासी किराती हौँ, खोर्सानी डल्ले र खोर्सानी डल्ले २ गाएर दर्शकलाई मनोरञ्जनमा भुलाए । अन्य गायकहरु राई नविन, राजु एन राई, शुसिला राई, सुशेनिछो चाम्लीङ राई, मेनुका राई लगायत दर्जन भन्दा बढी कलकारले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन दिए । कार्यत्रममा एक हजार बराबर मानिसहरुको उपस्थिति रहेको थियो । यलदोङ ५०८५ को अवसर पारी किरात राई सांस्कृतिक कलकार संघ उदयपुरले मुन्दुमी सांस्कृतिक साँझ आयोजना गरेको थियो ।