
पूर्णपुष्टि, ३ असार ।
उदयपुरको गाईघाटमा उद्योगिक प्रदर्शनी, पर्यटन तथा रैथाने खाना महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति उदयपुरको आयोजनामा यहि जेष्ठ ४ र ५ गते महोत्सव हुन लागेको हो । महोत्सवको लागि तयारी भैरहेको छ । गाईघााट स्थित रामजानकी पार्टी प्यालेर्शमा हुने महोत्सवमा पर्यटन आकर्षण, रैथाने खानाको जगेर्णा सँगै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ । महोत्सव बिहान ९ बजेदेखी बेलुकीको ६ बजे सम्म संञ्चालन हुने छ ।