
पूर्णपुष्टि, २९ पुष ।
यलदोङ ५०८५ को अवसरमा गाईघाटमा आयोजित मुन्दुमी सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । आईतबार होटल द एम्पायर इन मोतिगडामा मुन्दुमी बाचन र किरात सांस्कृतिक बिषयगत गित सँगितका साथ मुन्दुमी साँझ सम्पन्न गरिएको हो ।
मुन्दुमी अध्ययेता शालिक सतासक राईले ४५ मिनेट मुन्दुमी ज्ञान बाचन गरे । मुन्दुम बाचन पश्चात कलकारहरुले सांस्कृतिक कार्यक्रम सुरु गरेका थिए । गायक जितेन राई, गायिका पार्वति राई र गायक भिषण मुकारुङले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए । यलदोङ ५०८५ को अवसरमा नेपालका ३ ओटा जिल्लाहरुमा कार्यक्रम गरिने जनाईएको छ । किरात राई सांस्कृतिक कलकार संघ उदयपुरको आयोजना तथा केन्द्रिय कार्य समितिको संयोजनमा मुन्दुमी ५०८५ सफलताका साथ गाईघाटमा सम्पन्न गरिएको आयोजकले जनाए ।