गाईघाटमा यी चार पार्टीले गरे एमसीसीको बिरोध

पूर्णपुष्टि, पुष ७
सरकारले पछिल्लो समय एमसीसीलाई तिव्रता दिएको भन्दै गाईघाटमा मंगलबार चार ओटा पार्टीले विरोध गरेको छ । नेकपा मसाल, नेकपा माले, बैज्ञानिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीले एमसीसी विरुद्ध आन्दोलन गरेका हुन् ।

उनिहरुले राष्ट्रघाती एमसीसी ख्यारेज गर्न माग राख्दै प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा एमसीसीले नेपाली जनताहरुलाई नर्कमा लैजाने र स्वतन्त्रता बाट बन्चीत गर्दै विदेशीहरुलाई हस्तक्षेपको अवसर दिने भन्दै जनताहरुलाई सचेत हुन सुझाएको छ ।

उनिहरुले एमसीसीलाई राष्ट्रघातीको आरोप लगाउँदै ख्यारेज गर्न माग राखे । प्रदर्शनमा राष्ट्रघाती एमसीसी ख्यारेज गर, राष्ट्रिय स्वाधिनताको बिरोध गरौँ भन्दा नारावाजी गरे । एमसीसी ख्यारेज नभए आफ्नो आन्दोलनहरु थप बढेर जाने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: