
पूर्णपुष्टि, २० असार ।
गाईघाट स्थित सुनचाँदी व्यवसायीहरुले सिठ्ठ जुलुस गरेको छ । शुक्रबार पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अब्यवहारीक करको बिरुद्धमा आन्दोलन जारी राखेको छ । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले यसको बिरुद्धमा संयुक्त आन्दोलन गरिरहेको छ ।
गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ ।
व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट निति नियामावली निर्माण गर लगायतका नाराहरु लगाउँदै आन्दोलन गरिरहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले पनि संयुक्त आन्दोलन गरेको छ ।
देशैभर चलिरहेको आन्दोलन उदयपुरमा १३ र १६ गते गाईघाटमा र्याली तथा कोणसभा गरिएको थियो भने १७ गते बेलका नगरपालिकाको रामपुर बजारमा र्याली तथा कोणसभा गरिएको थियो । १९ गते चौदण्डीगढीको बेल्टारमा र्याली तथा कोणसभा भयो, जेठ २९ र ३० मा प्रशासन कार्यालयमा ज्ञापन पत्र र डेलिगेशन, पहिलो पटक दुईदिन बजार बन्द गरिएको थियो भने असार २० गते सिठ्ठी जुलुस सहित बजार परिक्रमा र पिपलचोकमा कोण सभा गरेका थिए ।