Saturday, April 26News That Matters

गाईघाटमा होलीको रौनक, तस्विर सहित

पूर्णपुष्टि, १ चैत्र ।
होली पर्वले गाइृघाट बजार तताएको छ । दिउँसो २ बजेदेखी बजारमा होली रौनक सुरु भएको हो । तराई होलीको दिन शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा होली भव्य भएको हो । होलीको अवसरमा बिभिन्न संघ संस्थाहरुले बिविध मनोरञ्जन, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेको छ । गाईघाट बजारको पिपलचोक, बिपिचोक, मेनचोक, पिजि चोक लगायत आसपासका स्थानहरुमा होली मनाईएको हो । होलीमा बढी जसो युवायुवतीहरुको क्रेज देखिएको थियो । बिहिबार मात्रै उदयपुरको बिभिन्न पहाडी स्थानमा होली मनाईएको थियो । बिहानी पख सुनसान गाईघाट बजार दिउँसो १ बजेदेखी होलीको रौनक सुरु भएको थियो ।