
पूर्णपुष्टि, २० फागुन ।
पछिल्लो समय गायक दुर्गेश थापाको सांगितिक कार्यक्रमहरुमा सुरक्षा चुनौती बढेको छ । स्टेजमै नचाउने र उफार्ने दुर्गेशको प्रवृतिका कारण माहोल बिग्रिने गरेको छ । यहि समस्या गाईघाट मिनिमहोत्सवमा उत्पन्न भयो । माघ २७ गते देखी गाईघाट युवा समूहले आयोजना गरेको गाईघाट मिनि महोत्सवको अन्तिम कलकारको रुपमा थिए गायक दुर्गेश थापा । उनि महोत्सवको अन्तिम दिन सोमवार गाईघाट मिनि महोत्सवमा सहभागी थिए ।
दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लै भिँड थियो । आयोजक र प्रहरीलाई भिँड सम्हाल्न हम्मे परेको बेला गायक दुर्गेशले दर्शकलाई डोरी घेरा भित्रै बोलाएर नचाउन खोजेको आयोजकको आरोप छ । त्यसरी दर्शक उचालेपछि भिँड भाँडिएको र सुरक्षा चुनौती बढेको आयोजकले जनाए । दर्शकहरुलाई डोरीको घेरा भन्दा बाहिर राखेको आयोजकले एकाएक दुर्गेशले दर्शक अन्यन्त्रित बनाएको आरोप लगाए । माहोल बिग्रेपछि दर्शकलाई व्यवस्थित गर्न आयोजकले दुर्गेशलाई नै माईक दिदैँ भिँड सम्हाल्न आह्वान गर्छ तर दुर्गेश भने डिस्टप गर्न आको भन्दै आयोजक सँग झोँकिन्छ । महोत्सवको माहोल व्यवस्थापन गर्ने जिम्मा तपाईको पनि हैन ? कलकार भएर सुरक्षाको जिम्मा नलिने भन्दै आयोजकले प्रश्न गर्छ र जानुस आजको कार्यक्रम सकियो भन्दै आयोजकका एक युवा सदस्यले भनेको भिडियोमा सुनिन्छ ।
यति भनेपछि दुर्गेश पनि स्टेज बाट घुर्कि लगाउँदै बाहिर जान्छ तर उनले यो घुर्कि मात्रै लगाएको सावित हुन्छ । उनि दर्शक मेरो लागि आएको हैन भन्ने प्रश्न गर्दै फेरी स्टेज उक्लिन्छ र दुश्मन हेरेको हेरै गितको प्रस्तुती दिन्छ । आयोजकका अनुसार दुर्गेशले भिँड व्यवस्थापन गर्न आफ्नो शव्दबाट सुरक्षित रहन दर्शकलाई आग्रह गरोस भन्दै दुर्गेशलाई माईक दिएको थियो । तर दुर्गेश भने आफुलाई डिस्टप गर्न आको भन्दै रिसाउँछ । यस पछि थप माहोल बिग्रिएको देखिन्छ । दुर्गेशले भित्रै दर्शक बोलाउँदा ठेला ठेल हुँदा महिला वालवालिकाहरुलाई असहज भएको भिडियोमा देखिन्थ्यो । त्यस पछि आयोजक टिमका युवाहरुले भिँड सम्हाल्न प्रहरी र आफुहरुको उपस्थिति जनाउँछ । त्यस पछि भिँड विस्तारै साम्य हुँदै दुर्गेशले ५ ओटा भन्दा बढी गितहरुमा आफ्नो प्रस्तुती दिएको आयोजकको भनाई छ ।
यता आयोजक समितिका युवाहरुले आफुले भिँडको व्यवस्थापनका लागि पहिल्यै डोरीको घेरा बेरा बनाएको र व्यवस्थित गरिएको थियो । महोत्सवको लागि सुरक्षाकर्मी प्रशासन जस्ता संवेदनशिल क्षेत्रहरु सँग समन्वय गरी कार्यक्रम संञ्चालन गरिरहेको बेला एकाएक दुर्गेश थापा आएको दिन भिँड अन्यन्त्रित बन्यो । केहि दर्शकहरुको अन्यन्त्रित र दुर्गेशको आफ्नै शैलीको प्रस्तुतीले माहोल अव्यवस्थित बन्न पुगेको आयोजकका एक सदस्य मलिन थापाले जनाए । भिँड व्यवस्थित गर्न आयोजक, दर्शक र कलकार सबैको उत्तिकै भुमिका रहने पनि थापको भनाई छ । आयोजकले गायक दुर्गेश थापालाई कुनै खाले अपमान र अन्याय नगरेको जनाए । बाहिर गायक दुर्गेशलाई अपमान गरिएको कुरा सुन्दा आफुहरुले त्यस्तो नगरेको अयोजकले जनाए । सुरक्षित रुपमा गाउने र नाच्ने कुरामा संवेदनशिल गराउँदा उनि आयोजक संग रिसाएको भनार्ई छ । तर पछि त्यस्लाई मिलाएर कार्यक्रम अघि बढेको आयोजकको भनाई छ ।
यता गायक दुर्गेश थापाले भने प्रस्तुती दिने आआफ्नै तरिका हुने कुरा सुझाउँछ । म यहाँ त्यतिकै आएको होईन भन्दै आआफ्नै कन्सेप्टमा कार्यक्रम प्रस्तुत गर्ने तरिका हुनेवारे उनले सुझाएको भिडियोमा सुनिन्छ ।