Sunday, March 16News That Matters

गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

पूर्णपुष्टि, २२ फागुन ।

गाईघाटमा हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका १२ डिएमगेट स्थित  सप्तरी जिल्ला राजविराज घरभै त्रिनपा ३ मा राजेन्द्र मैनालीको घरमा भाडागरी बस्दै आएका ललन दासको १२ बर्षिय देवीकुमारी दास र १४ बर्षिय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।  डिएमगेटबाट बसपार्क जाने भित्रि सडकमा प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ते काट्ने क्रममा अनियन्त्रित हुदा घरको पेटीमा बसी रहेका अवस्थामा ठक्कर दिएको थियो  ।
दुर्घटना पछि १४ बर्षिय अनुकुमारी दासलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पु¥याईए पछि मुत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।