गाईवस्तु चोरले २४ घण्टामा ३८ स्थानीयको हत्या गरे

पूर्णपुष्टि, पुष ५
उत्तरी नाइजेरियामा गाईवस्तु चोरले २४ घण्टामा ३८ स्थानीयको हत्या गरेको छ । उत्तरी नाइजेरियाको कडुना प्रान्तमा बन्दुकधारी चोरहरुको समूहले तीनवटा गाउँका ३८ गाउँलेको हत्या गरेको हो ।
सो घटना प्रान्तको कौरान फवा, रिहेया र गिवा गाउँमा भएको हो । सो क्षेत्रहरुमा बन्दुकधारी गाईवस्तु चोरहरुको समूहले ३८ जना स्थानीयको हत्या गरेको सुरक्षा निकायले जानकारी दिएको छ ।
सो घटना पछिल्लो समयको सबैभन्दा खराब रक्तपात भएको कडुना प्रान्तका आन्तरिक मामलाका आयुक्त स्यामुअल अरुवानले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: