गायिका अस्मिता अधिकारी बजाज मेलामा प्रस्तुती दिन आज गाईघाट आउने

पूर्णपुष्टि, असोज २४
नेपालकी चर्चित गायीका अस्मिता अधिकारी आज गाईघाट आउने भएकी छिन् । उनि कालिका अटो बजाजले दशैँ अफरमा ल्याएको बजाज एक्सजेन्ज मेलामा आफ्नो प्रस्तुती दिन गाईघाट आउने छिन् ।


गाईघाटमा कालिका अटो लिंक बजाज सोरुमले यहि असोज २० देखि २५ गते सम्म बजाज माहामेलाको आयोजना गरिरहेको छ । यस मेलामा नेपालका चर्चित कलकारहरुले प्रस्तुती दिने आयोजकले जनाए । नेपालका लोकप्रिय कलकारहरु प्रकाश सपुत, निशान भट्राई, अस्मिता अधिकारी, रचना रिमाल लगायतका अन्य कलकारहरुले यस मेलामा प्रस्तुती दिने छन् ।
यस भन्दा पहिले रचना रिमालले प्रस्तुति दिन गाईघाट आएकी थिइन ।

तर बर्षाका कारण उनले दर्शक माझ आफ्नो प्रस्तुती राख्न पाईनन् । अर्को कार्यक्रम रहेकाले उनि तत्काल काठमाण्डौँ फर्किन । उनि काठमाण्डौँको कार्यक्रम पश्चात मेलाको अन्तिम दिन अर्थात २५ गते फेरी प्रस्तुती दिन गाईघाट आउनेछिन् । २२ गतेको कार्यक्रम रहेको भएपनि प्राविधिक समस्याले उनिको प्रस्तुति अन्तिममा सारिएको आयोजकले जनाएको छ । प्रकाश सपुतले शनिवार प्रस्तुती दिइसकेका छन् । उनले करिब १० बजे सम्म गाईघाटमा दर्शक झुम्याए । आज नेपाल आईडलकी चर्चित गायीका अस्मिता अधिकारीले दर्शक माझ गाईघाटमा आफ्नो प्रस्तुती राख्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: