Monday, June 1News That Matters

गाेलीले ढलेकाे ज्वाइलाइ उठाउनेसम्म अवस्था थिएन : जेनजी शहिद सन्ताेषका जेठान दिनेश गजमेयर

पूर्णपुष्टि/उदयपुर, असाेज १२ ।

उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्मा गत भदाै २३ गते जेनजी प्रदर्शनमा गाेली लाग्दै गर्दा उनका जेठान दिनेश गजमेयर स‌गै थिए । जेठान र ज्वाइ सल्लाह गर्दै देश परिवर्तनका लागि प्रदर्शनमा गएकाेमा एक्कासी गाेली लागेर ज्वाइ सन्ताेष ढले । ढलेकाे अवस्थामा उठाउन सक्ने अवस्थासम्म थिएन । प्रहरीकाे चरम दमनका कारण गाेलीकाे वर्षा र अस्रुग्याँसकाे धुँवाले तितरवितर थिए । पछि ढलेकाे ठाउँमा ज्वाइ थिएनन् । खाेज्दै जाँदा राती अबेर काठमाडाै‌काे ट्रमा सेन्टरमा सहादत भइसकेकाे अवस्थामा फेला परेकाे जेठान दिनेशकाे भनाइ छ । ज्वाइलाइ खाेज्न र शव पाउन ठुलाे स‌घर्ष गर्नु परेकाे उनले बताएका छन् । (सुन्नुहाेस् पूर्णपुष्टिकाे विशेष कुराकानी)