Thursday, June 11News That Matters

घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत

पूर्णपुष्टि, बैशाख २७
त्रियुगा नगरपालिकाका लागि राप्रपा बाट नगर प्रमुखमा उम्मेदवारी दिएका हरि वहादुर राउतले आफुहरु एमाले, कांग्रेस र माओवादी जस्तो झुक्याउने पार्टी र प्रतिनिधि नरहेको जनाएको छ ।

राउतले आफुले घोषणा पत्रमा उल्लेख गरिएको कुनै पनि एजेण्डाहरु अनरुप काम नभए एक घण्टा भित्रै नैतिकताको आधारमा राजीनामा दिने समेत प्रतिबद्ध गरे । रातले भने,” आफ्नो घोषणा पत्रमा भ्रष्टचार रहित विकास र नगरको परिकल्पना सँगै जनताहरुका लागि बिभिन्न कामहरुको एजेण्डा तयार पारेको छु । ती कुराहरु पुरा नभए जनताले मलाई आएर भनुनु काम भएन भनेर तत्काल राजिनामा दिनेछु ।

राउतले अन्य पार्टीहरुले जनताहरुलाई ब्रोईलर कुखुरा जस्तो थुनेर राखेको समेत आरोप लगाए । उनिहरुले कार्यकर्ता र जनताहरुलाई थर्काएर जुनमा भोट हाल भन्छ त्यहीमा भोट हाल्नु पर्ने गरी धम्काउने र तर्साउने जस्ता क्रियाकलापहरु समेत गरेको जनाए । उनले आफुले नगरको नेतृत्वमा हारेपनि समाजलाई स्वतन्त्रको बाटो तर्फ लैजान राप्रपाको उम्मेदवारीले ठुलो मदत गर्ने र अरुको डर धम्कीमा वस्नु पर्ने भ्रमलाई अन्त्य गर्ने जनाए ।

उनले करिब १५ हजार बराबरको हाराहारीमा जनताको मत प्राप्त गर्ने साहस राख्दै नगर प्रमुखको उम्मेदवारी दिएको जनाए । आफुले नगरको सेवा सुविधा बाट प्राप्त रकम जेष्ठ नागरिकहरुको बद्धामा थप गरिदिने समेत प्रतिवद्ध गरे ।