Thursday, August 6News That Matters

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

पूर्णपुष्टि, चैत्र २९ । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका १३ जगतपुरमा रहेको उक्त रिसोर्टमा बिहान ११ बजेबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ भने हलका फुसको छानो जलेर नस्ट भएको छ ।

अहिले भित्रका फर्निचर साथै अन्य सामाग्रीमा आगो लागेको र आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् । इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागीबाट रिसोर्टमा भएको क्षतीको विवरण आउन बाकीँ छ ।