
पूर्णपुष्टि, चैत ३ । चिनका राष्ट्रपति सि जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर राष्ट्रपति सीले अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो ।
रुस–युक्रेन युद्धले एक बर्ष पुरा गरिसकेको छ । सो युद्ध भएपछि पहिलो पटक सि रुस भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।
वार्ताका क्रममा दुई देशबिच वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ भने अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गरिने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुने बताईएको छ ।
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । रुससँग चीनको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत भएका छन् ।