Monday, April 20News That Matters

चुहाडेमा बन्यो दाजुभाईको डेड करोड लगानीमा पार्टी प्यालेर्स, रेस्टुरेन्ट र सुविधा सम्पन्न कवर्डहल

पूर्णपुष्टि, असोज ६
उदयपुरको त्रियुगा नगरपालिका ८ चुहाडेमा सुविधा सम्पन्न प्यार्टी प्यालेर्स, रेष्टुरेन्ट सहित थ्रिओन कवर्डहल निर्माण भएको छ । चुहाडेवासी राज खड्का र उनको भाई बिक्रम सिंह खड्का दाजुभाईको संयुक्त लगानीमा भेटघाट कबर्डहल निर्माण भएको हो । सो हल निर्माणका लागि दाजुभाईको करिब डेड करोड बराबरको व्यक्तिगत लगानी रहेको छ ।

हल व्यवस्थीत र गुनस्तरीय रुपमा बनेको र एकै हलमा बिभिन्न अन्य गतिविधि पनि गर्न सकिने गरी थ्रिओन हलको रुपमा निर्माण भएको हल संञ्चालक राजु खड्काले बताए ।

हलको चाँडै उद्घाटन हुने समेत खड्काले बताए । हल उद्घाटन भव्य तरिकाले वृहत रुपमा गरिने खड्काले खड्को भनाई छ । उनले विहान र वेलुका दुई सिफ्टमा हल उद्घाटन हुने जनाए । हल उद्घाटनमा जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप आयोजना समेत हुने जनाए । जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप गरी हलको उद्घाटन गरिने खड्काले बताए ।खड्काका अनुसार बिहान ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरी हल उद्घाटन गर्ने र बेलुका प्यार्टी प्यालेर्स र रेष्टुरेन्टका लागि लाईभ सो प्रत्यक्ष गायनको मनोरञ्जनमा हल उद्घाटन गरिने बताए । खड्काले एउटै हललाई ब्याडमिन्टन, पार्टी प्यालेर्स र रेष्टुरेनटको रुपमा प्रयोग गर्न सकिने गरी हल निर्माण भएको बताएको छ ।
उनले विहान व्याडमिन्टनको रुपमा हल प्रयोग हुने र बेलुका दिउँसो हललाई रेष्टुरेन्ट पार्टी प्यालेर्सको रुपमा प्रयोग गर्न सकिने जनाए ।सो हलमा उदयपुरकै इतिहाँसमा पहिलो पटक फरक किसिमले रेष्टुरेन्टको संञ्चालन गर्न लागिएको समेत संञ्चालक खड्काले बताए । खड्काले हाल सम्म उदयपुरमा कतै पनि लाईभ म्युजिक सहितको रेष्टुरेन्ट नभएको र यसको सुरुवात आफुहरुले गर्न लागेको बताए । उनले म्युजिक ट्रयाकमा प्रत्यक्ष गित गाएर दर्शक पाहुनाहरुलाई मनोरञ्जन दिने हिसावले रेष्टुरेन्टको आयोजना गर्न लागेको बताए । यसका लागि राम्रो एकजना महिला नेशनल कलकार ल्याउने तयारी समेत भईरहेको बताए । दर्शकहरुको माग अनुसार लोकदोहरी लाईभ सो समेत चलाउने उनले बताए ।हल उद्घाटनको दिन नेशनलव्यापी कलकारहरुको उपस्थित गराईने र स्थानीय कलकारहरु र लोकदोहोरी गायकहरुलाई समेत उपस्थित गराईने खड्काले जनाए ।