
पूर्णपुष्टि, साउन ३१
चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र रु.१०,०००÷– हजार जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका रामधुनी नगरपालिका–२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाल पक्राउ परेका छन् ।
फरार रहेका दाहाललाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहबाट खटीएको प्रहरी टोलिले सोमवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत मोरङ बुझाईएको छ ।
