
पूर्णपुष्टि, २१ साउन ।
उदयपुरको चौदण्डीगढी–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको निधन भएको छ ।
प्र–००२–००४ ह ४०८१ नं।को अटोमा सवार खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया बालिका साहारा मगरको दुर्घटनामा निधन भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
हिजो दिउसो ९आइतबार० कोशीपारीबाट बेल्टार आउनेक्रममा चौदण्डीगढी–८ बेसारेमा अटो दुर्घटना भएको थियो ।
दुर्घटनापछि घाइते बालिकाको उद्धारगरी थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लएिको थियो ।
तर उनको उपचारकोक्रममा आज विहान निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेसारे स्थित सानो खोल्सीमा अप्ठ्यारो जस्तो बाटो देखिएपछि चालक हरीबहादुर राईले अटो रोकी बाटो हेर्न गएको बेला दुर्घटना भएको हो । ३५ वर्षीय चालक राई प्रहरी नियन्त्रणमा छन् भने उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
