
पूर्णपुष्टि, बैशाख ६ । चौदण्डीगढी नगरपालिकामा सचेत युवा तथा सामाजिक अभियान्तहरुले भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरु प्रति चर्को विरोध गरेको छ । बुधबार नगर कार्य क्षेत्र तथा बेल्टार बजार परिसरमा भ्रष्टचारीलाई कार्वाही गर लेखेका पम्प्लेट सहित युवाहरुले चर्को आवाज उठाएको छ । उनिहरुले बेल्टार बजारको मुख्य चोक र आसपास रहेको अन्य सार्वाजानिक स्थानहरुमा उक्त पम्प्लेट टासेका छन् । केहि समय अघि मात्रै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाको स्वकिय सचिव समेत रहेका देव प्रकाश राईले कर्मचारी नियुक्तीका लागि डेढलाख रकम माग राखेको अडियो सार्वजानिक भएका थिए ।
उक्त अडियोको अनुसन्धान गरी दोषी ठहरीए भ्रटचारीको रुपमा अडियोमा संलग्नलाई कार्वाही गर्न माग समेत गरिएका थिए । बिभिन्न राजनितिक दल, नागरिक समाज, बुद्धिजीवी र युवाहरुको संयुक्त एैकबद्धतामा दोषीलाई कार्वाहीको माग गरिएका थिए । यस्ता भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरुलाई सम्बन्धित निकायले छानविन गरी तत्काल कार्वाही गर्नु पर्ने माग सहित बिरोध कार्यक्रम निरन्तर राख्ने युवा तथा सामाजिक अभियान्त बुद्ध सुप्तिहाङ राईले जनाए ।




