
पूर्णपुष्टि, बैशाख ६ । सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठकले निर्णय गर्न सकेन । सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिनमा सकिएपछि केही समयपछि फेरि बस्ने भएको छ ।
परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले केही समयअघि बसेको बैठकले केही निर्णयमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । गत शनिबार बिहान बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट फोहोर उठेको छैन् । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने काठमाण्डौँ महानगरका मेयर बालेन शाहले अडान लिएका छन्।
सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ भने फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ । काठमाडौं महानगरको भिआइपी एरियाबाट दैनिक नौ टज फोहोर उठ्ने गरेको छ। बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो । बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो।
