
पूर्णपुष्टि, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरका अनुसार वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका सुर्य देवी गनगाइ र रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागी घाईते भएका थिए । घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।
