Friday, July 11News That Matters

‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

पूर्णपुष्टि, २८ बैशाख ।
तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलोपटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो।

विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ। शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal Season 5 का फर्स्ट रनर(अप मकर योञ्जनको रहेको छ।

तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत क्जचभभ ःगकष्अ को अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामाङको अभिनय देख्न पाइन्छ। पारम्परिक तामाङ पहिरन र सांस्कृतिक दृश्यले भिडियोलाई अझ आकर्षक बनाएको छ।

भिडियोको छायांकन, सम्पादन र रंग संयोजन सुन्दर भोंजन, कोरियोग्राफी युद्ध लामा, र मेकअपमा छिमी तामाङको भूमिका रहेको छ। संगीत सम्योजन नोर्बु शेर्पा, मिक्सिङ तथा मास्टरिङ सुमन खड्का, स्टुडियो पर्पल स्टुडियो, र पोस्ट–प्रोडक्सन Shree Music ले गरेको हो।

मौलिकता, प्रेम र सांस्कृतिक पहिचान बोकेको यो गीत नयाँ पुस्तालाई आफ्नो सांगीतिक सम्पदा सम्झाउने प्रयासका रूपमा लिइएको छ। श्रोता तथा दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले तामाङ संगीतको गौरवशाली इतिहासलाई पुनर्जीवित गरेको छ।