
पूणर्पुष्टि, भदौ १७
जनकापुर स्थित धनुषामा एक आमाले ४ जना बच्चालाई जन्म दिएकी छिन् । मुस्लिम समुदायका एक महिलाले चुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।

उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आमा र एक शिशुको भने स्वास्थ्य अवस्था गम्भिर रहेको जनाएको छ ।
