Monday, April 20News That Matters

जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

पूर्णपुष्टि/ गाईघाट/ मंसिर ११ गते ।

जिल्ला अस्पताल उदयपुर भर्खरै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । अस्पताल प्रदेशको उत्कृष्ट बन्दै गर्दा यता सेवाग्राही र विरामीहरु भने उत्ति खुसी छैन् । अस्पतालको ढिला सुस्ती, रुखो बोली र सेवामुखी चुस्त दुरुस्त नभएको भन्दै उनिहरु खुसी छैन । यही कुराहरुलाई उठान गर्दै उदयपुर अस्पताललाई जेनजी युवाहरुले भने प्रश्न गरेको छ । शुक्रबार अस्पताल प्रशासनको जिम्मेवारी ब्यक्तिहरुको उपस्थितिमा जेनजीहरुले प्रश्न गरेको छ । जेनजी उदयपुरका अध्यक्ष सुरेन्द्र राईले अस्पताल सुधारका लागि आवश्यक अवस्थालाई तत्काल ब्यवहारमा उतार्न सुझाव दिएको छ । साम्पाङ् लगायत उपस्थित जेनजीहरुले अस्पतालको रुखो बोली, ढिला सुस्ती, पार्दर्शीता, कर्मचारी पारिश्रमीक, नियुक्ती, सरसफाई, शव वहान, एम्वुलेन्स, सामाजिक सुरक्षा सेवा, विमा, स्वच्छ खाना लगायतमा कुरा उठाएका थिए । साम्पाङले भएको सुधार प्रति धन्यवाद ब्यक्त गर्दै बाँकी सुधारलाई तत्काल लागु गर्न सुझाए । एता अस्पताल प्रशाशनले भने पहिलेको जिल्ला अस्पताल र हालको जिल्ला अस्पताल अवस्था बिल्कुलै फरक रहेको जनाएको छ । ५० बेडको जिल्ला अस्पताललाई ८० बेड सम्मको सेवा दिरहेको अस्पतालको भनाई छ । अप्रेशन, चिकित्सक जनशक्ति लगायतका अवस्थामा सुधार भएको जनाएको छ । ठुला अप्रेशन, डायलेसिस जस्ता कुराहरुको सेवा दिएको पनि जनाएको छ । अस्पतालले कतिपय सुधार भएको कुराहरुको पनि जेनजीले उठान गर्दिनु पर्ने बताए ।