
पूर्णपुष्टि, भदौ १८
महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायी रेडियो उदयपुर १०२ पोप्लो ४ मेगाहर्जको आयोजनामा सञ्चालित युवा महिला नेतृत्व विकास कार्याशाला तथा सरोकारवाला संगकोे अन्तरक्रिया कार्याक्रम आज सम्पन्न भएको छ । हिजो र आज गरी दुई दिने सञ्चालित अन्तरक्रिया कार्याक्रममा जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन भएको छ । आठ वटै पालिकालाई समेटेर सञ्जाल गठन गरिएको छ ।
सञ्जालको संयोजकमा त्रियुगा नगरपालिकाका रञ्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा त्रियुगाकै रेणुका चौधरी र अर्चना दनुवार रहेका छन् । चौदण्डीका आस्मा कार्की, बेलकाका पवित्रा राई र कटारीको पवित्रा दाहाल सदस्यमा चयन भएका छन् । उदयपुरगढीका सुस्मीता कार्की, ताप्लीका रेखा ज्यु ठकुरी र लिम्चुङबुङका सत्यकला राई सञ्जालका सदस्यहरु रहेका छन् ।