
पूर्णपुष्टि, २४ भदौ ।
जेन्जी आन्दोलनमा उदयपुरका एक युवा ज्यान गुमाएको छ । उदयपुरको बेलका नगरपालिका वडा नं ४ हरिपुरका सन्तोष लुहारको प्रहरी गोलीबाट ज्यान गएको हो । काठमाडौंमा बसोबास गर्दै आएका लुहार आन्दोलनमा सहभागी रहेका बेला गोली लाग्दा घटनास्थलमै गम्भीर घाइते भई अस्पतालमा उपचारको क्रममा निधन भएको जनाईएको छ। यस बारे प्रहरीलाई भने थाहा नभएको हेडक्वाटर बाट सूचना नआएको जनाएको छ । उदयपुरका युवाहरु आन्दोलनमा के कति घाईते वा मृत्यु भए भन्ने बारे प्रहरी जानकार छैन । सामाजिक संञ्जालहरुमा अर्का एक युवा पनि गम्भीर घाईते भएको भन्ने पोष्टहरु आईरहेको छ ।
