
पूर्णपुष्टि, २८ पुष ।
त्रियुगा नगरपालिका वडा नं ११ ले जेष्ठ नागरिक, बालवालिका र अपाङ्गताहरुलाई न्यानो कपडा सिरक वितरण गरेको छ । आईतबार वडा कार्यालयमा एक कार्यक्रमकाबीच वडाअध्यक्ष सुमन्त कोईरालाको उपस्थितिमा वडा सचिव सहित कर्मचारी टिमले कपडा वितरण गरेको हो । वडा कार्यालयका अनुसार ३ सय बढीलाई न्यानो कपडा वितरण गरिएको हो ।