
पूर्णपुष्टि, २३ फागुन ।
हिजो बेलुका ७ बजे बुलेरोको ठक्करले मृत्यु भएको दिदिवहिनीको शव परिवारले बुझेको छ । शुक्रबार प्रहरी कार्यालयमा आपसी सहमति पछि परिवारले शव बुझेको हो । परिवार पक्षको अनुसार १६ लाख क्षतिपूर्ति दिने भएपछि सहमतिमा आएको जनाए । परिवारले कक्कर दिने सवारी चालक उपर कडा सजायको माग सहित क्षतीपूर्तिको माग गरेका थिए । तर क्षतीपूर्तिमै सहमति भएर परिवारले शव बुझेको हो । प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ती काट्ने क्रममा अनियन्त्रित भै घरमा गएर ठोक्किएको थियो । हिम शिखर स्टिल फर्निचरको उक्त बोलेरो घरको भित्तामा ठोक्कीन पुगेका थिए । भित्ताामा पुगेका बोलेरोले पेटीमा बसी रहेका दुईजना बच्चाहरुलाई ठक्कर दिएको थियो ।