Tuesday, April 21News That Matters

ढुसी पाउरोटी काण्ड : कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञाप्ती

पूर्णपुष्टि, २० जेष्ठ ।
ढुसी परेको पाउरोटीबारे सचेत गराउन गएका एकीकृत समाजवादी युवा संघ त्रियुगा नगरका अध्यक्ष समेत रहेका सुभनारायण ठाकुर बेनी माथी भएको निर्घात कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । मंगलबार ठाकुर आफै अध्यक्ष रहेका संघले प्रेस बिज्ञाप्ती जारी गर्दै कुटपिटमा संलग्न पसल संञ्चालक दिनेश चौधरीको भतिज प्रसान्त चौधरी लगायत कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन बिज्ञाप्तीमा माग गरिएको छ । ठाकुरलाई गुणासो गर्ने क्रममा पत्रकार लिएर गएको भन्दै पछाडीबाट आक्रमण गरी कुटपिट गरेको थियो । मुनाफाको नाममा गुणस्तरहिन पाउरोटी बेच्दै स्वास्थ्यमा खेलबाँड गर्ने व्यपारी र उद्योगलाई पनि कानुनी दायरामा ल्याउने र कार्वाही गर्न माग गरिएको छ । यता प्रहरीले भने अझै पनि फरार व्यक्तिहरुलाई पक्राउ नगरेको पिडितले जनाएको छ ।