
पूर्णपुष्टि, माघ १८
राष्ट्रिय युवा संघ नेपाल ताप्ली गाउँपालिकाको अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सईन्द्र राईको अध्यक्षतामा ५३ सदस्यीय कमिटिी समेत गठन गरेको छ । संघका ताप्ली गाउँपालिका इन्चार्ज समिप राईका अनुसार अध्यक्ष राई सहित उपाध्यक्षमा ओम बहादुर मगर, कोषअध्यक्षमा मनिसा मगर, सचीब तिलक बाहादुर मगर, उपसचिव छबिराज राई, र उपसचिव डेनि बुढाथोकी लगायत पदाधिकारी सहित ५३ सदस्यीय कमिटि गठन भएको छ ।

कार्यक्रम अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघको गरी संयुक्त रुपमा गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य अम्विका थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । अधिवेशनमा एमाले जिल्ला नेताहरु गंगा राई, महेश्वरी राई मन्दीप राई, उद्धव सिंह थापा, कमलामाया राई, सुवास ज्यु ठकुरी तथा संघका प्रदेश कमिटी उप सचीव समीर चौलागाई, जिल्ला अध्यक्ष बिमल भण्डारी साथै जिल्ला कमिटी पार्टी सदस्यहरु लगायत का नेताहरुको उपस्तिथि रहेको थियो ।

