Wednesday, June 10News That Matters

तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग प्रहरीद्धारा जाहेरीको माग

पूर्णपुष्टि,वैशाख ८ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थ्ति तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडित भएकोहरु संग जिल्ला प्रहरी कार्यालय उदयपुरले जाहेरीको माग गरेको छ । सहकारी संस्थाका संञ्चालक केदारनाथ शर्मा लगाएत सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्धमा प्रहरीले जाहेरीको माग गरेको हो ।

सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता भई हाल अनुसन्धान भईरहेको हुँदा उक्त संस्थाद्वारा पीडित भएका सर्वसाधारण निक्षेपकर्ताहरुले जाहेरी दिन बाँकीहरुको लागि जाहेरी दरखास्त माग गरिएको प्रहरीले जनाएको छ । पीडले दिएको जाहेरी अपराध अनुसन्धान शाखामा दिन सकिने प्रहरीले जनाएको छ ।