
पूर्णपुष्टि, पुष १२ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित नयाँबजार खेल मैदानमा बिहिबारबाट वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । ‘चरित्र निमार्ण, स्वास्थ्य जिवन र आपसी सदभाव’ को लागी खेलकुद भन्ने मुल नारका साथ श्री माध्यामिक विद्यालय साउनेको आयोजना तथा वडाको समन्वयमा वार्षीक खेलकुद सप्ताह गरिएको हो ।
आयोजक माविका प्रधानाध्यापक जानुका ठकुरीका अनुसार प्रतियोगितामा विभिन्न १४ विधाका खेलहरू दैनिक सञ्चालन हुनेछन् । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हिमराज मगरले वार्षिक खेलकुद सप्ताहमार्फत विद्यालयमा अतिरिक्त क्षमताको समेत विकासमा टेवा पुग्ने बताए । शिक्षा र स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा वडा कार्यालयले गर्ने सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाए । पुष १४ गते सम्म संचालन हुने यस प्रतियोगितामा सहभागीहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
