Sunday, April 19News That Matters

त्रिनपा १५ तोरीबारीमा पहिरोले पुरिँदा आमा छारी घाईते, छोरी गम्भीर

पूर्णपुष्टि, २५ असार ।
त्रियुगा नगरपालिका १५ तोरीबारीमा पहिरोले पुरिएको दुई जना घाईते भएको छ । सोमबार रात्रिको बर्षातका कारण पहिरोले घर पुँरिदा ४० बर्षिया हिरामाया मगर र उनकै ८ बर्षिया छोरी घाईते भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार छोरी चै अलिक गम्भीर रहेको जनाएको छ । उनिहरुको उपचारका लागि जिल्लाबाट एम्वुलेन्स पठाईएको प्रहरीले जनाए । तर बिचमा पहिरो र रुख ढलेपछि उद्धारमा समस्या भएको प्रहरकिो भनाई छ । अन्य थप जानकारीहरु आउन बाँकीनै रहेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।