
पूर्णपुष्टि, १४ वैशाख । हाम्रो गाउँ सदरमुकाम गाईघाट बाट लगभग १० देखी १५ किलोमिटरको हाराहारीमा होला, हिड्न सक्ने मान्छेहरु झण्डै तिन घण्टा लगाएर सदरमुकाम गाईघाट बजार देखी हाम्रो गाउँ उक्लिन्छ । सदरमुकाम नजिकैको गाउँवस्ति भएर के गर्नु बिकास सुन्य छ, “ यो दुखेसो हो त्रियुगा नगरपालिका वडा नं १५ गहतेका जिवन राईको” राईकां वडामा पर्ने एउटा महत्वपूर्ण सडक दशकौँ देखि जिर्ण छ ।
जुन सडक जिल्लाकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थल जाने सबैभन्दा छोटो दुरीको सडक पनि हो । सडक राम्रो नहुँदा पर्यटकहरु घण्टौँ ढिला सडक पहिल्याउन बाध्य छन् । अन्य ठाउँका पछिल्ला सडकहरु ग्राभेल पिच भैसके तर यो सडक बर्षौ बर्षदेखी जस्ताको तेस्तै छन् राईले भने” आफ्नो गाउँठाउँको सडक मर्मतमा सरकारले चासो नदेखाउँदा साहै्र दुख लाग्छ, सडक अभावले यस ठाउँमा उत्पादन वस्तुहरुले मुल्य पाएका छैनन् गाउँघरमा बिक्रि हुँदैन, सहर लान बाटो छैन्, राईले गुणासो गरे । यसले यहाँको स्थानीयहरुको आर्थिक क्षेत्र पनि ध्वस्त पारेको राईले बताए । अन्न वाली बाँदर लाग्ने भएपछि फलफलुमा लागेका राईले सडककै कारण आम्दानी गुमाईरहेको जनाए ।
गाईघाट बावरी, बेल्दोभान जाँते, सिद्रे, गहते, साल्थुम्की, हरबोटे डहर हुँदै रौता जोडिएको उक्त सडक लाजमर्दो अवस्थाको छ । सदरमुकाम नजिकै रहेपनि यहाँका स्थानीय, प्रदेश र केन्द्रीय कुनै पनि सरकारको ध्यान छैनन् । नगरपालिका भन्नुको अर्थ केहि सुगमनै बुझिन्छ तर यहाँ विकासको क्षेत्रमा सबैभन्दा महत्व दिईने सडकनै सुधारोन्मुख छैन् । राईका अनुसार सडक पिच मात्रै बन्ने हो भने यस गाउँबाट सदरमुकाम झर्न धेरैमा २५ मिनेटको दुरी रहेको जनाए । पिचको त कुरै छोडुम व्यवस्थित कच्ची बाटो नै हुँदा पनि ३५ मिनेट भन्दा बढी लाग्दैन ।
त्रियुगा नगरपालिका देखी उत्तर साईडमा पर्ने यो सडक गहते साल्थुम्की देखी डहर सम्म नाजुक छ । गाईघाट देखी करिब ४५ मिनेटको हाराहारीमा पुग्न सकिने यहाँको सडक हेर्दा भने निकै उदेक लागेर आउँछ । रौताका लागि गाईघाट बाट डहर जोडिने सडक बेल्दोभान सम्म ठिकै छ । यहाँ हिउँद बर्खानै गाडी चल्न सक्ने अवस्था छ । त्यस भन्दा माथि जाँते, डिहिटार सिद्रे सम्म सुखदुख सवारी चल्न सक्ने अवस्था छ । तर सिद्रे भन्दा माथि गहते साल्थुम्की र हरबोटेको बाटो भने सडकको निसाना मात्रै छ । राईका अनुसार करिब १६ बर्ष अगाडी खोलीएको उक्त सडकको ट्र्याक पछिल्लो समय मर्मत संम्भार नै छैन् । साँगुरो त्यसमा पनि ठाडो भिरालो यस सडकमा कुनै पनि सरकारले चासो दिएको छैन् । गाईघाट देखी खोटाङ सडक पुगि सक्दा पनि यहि नजिकको हाम्रो ठाउँमा मोटर साईकल गुड्न सक्ने अवस्थाको सडक छैन राईले सुनाए ।
यहाँ तिनै तहको सरकारले चासो देखाएका छैनन् । नेताहरु चुनावमा आउँछन भोट लिएर जान्छन अनि विकास दिँदैन स्थानीय यम कुमार राईले भने, बेल्दोभान जाँते र सिद्रे १६ नं वडामा पर्छ यहाँ जसो तसो सडक मर्मत चलिनै रहन्छ, यस ठाउँ सम्म भौगोलिक अवस्था पनि राम्रै रहेकाले सडकलाई खासै असर पार्दैन् । यहाँका वडाले सडकलाई निकै प्राथामिकतामा राखेका छन् । सडक छेउछाउ नाली निर्माण पनि गरिएको छ ।
तर सिद्रै देखी माथि गहते साल्थुम्की भने बिकटता सँगै थप उच्च डाँडाहरु चड्नु पर्ने हुन्छ यस ठाउँमा सडक जिर्ण अवस्थामा छ । यहाँ सडकलाई पहिल्यै पनि व्यवस्थित तरिकाले खनिएको छैन् । सानो बाटो त्यसमा पनि सवारी चड्नै गारो हुने ठाडो उकालो, नाली कटाएको छैन्, बर्खामासमा सडक सबै बगाउँछ पहिरोले पुरिन्छ, “राईले भने । यो सडकलाई अन्य सडक भन्दा बढी प्राथामिकतामा दिनु पर्ने उनको भनाई छ । राम्रो सडक भएको भए पर्यटकीय स्थल पुग्ने सबै भन्दा छोटो दुरीमा रहेको उक्त सडकले पर्यटनहरुलाई सहज बनाउने थियो ।
यहाँ मर्मत नहुँदा पर्यटकहरु खर्च बढाएर सजिलोको खोजीमा लामो दुरीको सडक प्रयोग गर्न बाध्य छन् । १६ बर्ष अगाडी त्यस ठाउँमा सडकको ट्र्याक खोल्दै गर्दा उत्साहित भएका त्यस ठाउँका स्थानीयहरु अहिले निराश छन् । पहिले बाटो खन्दा खुसी भएका स्थानीयहरु १६ बर्ष सम्म आईपुग्दा पनि बाटोको मुहार नफपेरिदा निराश बन्न पुगेको हो । स्थानीय शिक्षक राम कुमार राई भन्छन्”, ट्र्याक खोल्नु मात्रै विकास हैन त्यस ठाउँको जनताले सहज रुपमा सडकको प्रयोग गरी लाभान्वीत हुनु आवश्यक छ, राईले सदाबाहर सडक प्रयोग गर्न पाउनु पर्ने स्थानीयहरुको अधिकार पनि रहेको भन्दै स्थानीय सरकार प्रदेश र केन्द्रीय सरकार साथै नेता तथा सांसदहरुको ध्यान त्यस सडक तर्फ हुन आह्वान गरे ।

अर्का शिक्षक तेज कुमार राईले त्यस सडकलाई नेताहरुले केहि हेर बिचार नगरेको बताए । चुनावका क्रममा त्यहाँ आएका उम्मेदवार तथा नेताहरुले बाटोलाई बिषेश एजेण्डा बनाएका भएपनि अहिले गुमनाम अवस्थामा छ । चुनावमा भोट माग्न आएका गठबन्धनका संघिय सांसद उम्मेदवार कांग्रेस नेता नारायण खड्का, कांग्रेसकै प्रदेश सदस्य उम्मेदवार हिमाल कार्की लगायतका नेताहरुलाई त्यस ठाउँको सडक सुधारमा हस्ताक्षर नै गराएको शिक्षक राईले जनाए । ती दुवै नेता चुनाव जितेर सांसद त बने तर उनिहरु विकासको कुरा लिएर एक पटक गाउँ छिरेका नछिरेको राईले बताए ।
गाईघाट–खोटाङको पुरानो पैदल यात्रीको बाटोको रुपमा रहेका उक्त सडक गाडी नचल्दा निकै प्रचलनमा आएका थिए । सोझो र छिटो बाटोका कारण खोटाङका अधिकांस पैदलयात्रीहरुले त्यस बाटोलाई प्रयोग गरे । अहिले सडकको रुपमा प्रयोग गर्न पनि उनिहरु निकै हतारिएका छन् । सोझो बाटो खोज्दै कोही मानिसहरु त्यस ठाउँमा आईपुग्छन् तर सडकको हविगत देखेर हैरन हुने गर्छ । उनिहरुले त्यस सडकलाई गिज्याउने समेत गरेका छन् । खोटाङका मुकेश राईले यो बाटो कहिले नसुध्रिने भो भन्दै टिप्पणी गरे । म बच्चा हुँदा पनि यस्तै बाटो थियो अहिले कयौँ बर्ष पछि हिड्दा पनि अवस्था उस्तै रहेछ । यहाँको विकास के भैरहेका छन् ? उनले भने, राई त्यस सडकलाई निकै पहिल्य बाट प्रयोग गर्दै आएको जनाए । उनि जमनाझै त्यो सडक अझै पनि उत्सतै रहेको भन्दै सडक देखेर अचम्म माने, उनले प्रश्न पनि गरे यस्तो पाराले यो सडकको बिकास कहिले हुने ?
