Saturday, December 6News That Matters

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

पूर्णपुष्टि, २५ माघ ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर प्रदान गरेको छ । शुक्रबार वडाले आयोजना गरेको सिविरमा १५९ जनाले प्रत्यक्ष फाईदा लिए । जस मध्ये १०८ जना महिला र ५१ जना पुरुषहरु रहेका छन् ।
वडा अध्यक्ष मानवाहादुर राईका अनुसार बिगत देखीनै वडामा निशुल्क स्वास्थ्य सिविर प्रदान गर्दै आएका थिए । यस्ता खाले सिविरहरुले स्थानीय स्तरमै वडावासीहरुलाई पत्यक्ष फाईदा पुग्ने पनि अध्यक्ष राईले जनाए ।

सिविरले महिला र जेष्ठ नागरिकहरुलाई बढी फाईदा पुगेको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित सिविरमा सुगर, ब्लड, युरिन, दम लगायत जेनेरल ओपिडि सँगै भिडियो एक्सरे, इसिजी, ल्याव र निशुल्क औषधी समेत वितरण गरेको थियो । त्रियुगा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ कियर एण्ड डाईगनोष्टिक प्रा.लिको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । वडा सचिव महेश खनालले सिविरबाट सबैखाले स्वास्थय सेवाहरु प्रदान गरिरहेको जनाए । वडामै स्वास्थ्य सिविर आएपछि जेष्ठ नागरिक र सेवाग्राहीहरु थप उत्साहि छन् । शिविरमा सहभागीहरुलाई ओसीएमसीको कर्मचारीहरुद्धारा मनोपरामर्श समेत दिईएको छ ।