Friday, January 24News That Matters

त्रिनपा १ जोगिदहले ५७ जनाको निशुल्क आँखा शल्यक्रिया गरिदिने

पूर्णपुष्टि, १६ मंसिर ।
त्रियुगा नगरपालिका १ जोगिदह बर्गाछी स्थित भएको एक दिने आँखा सिविरमा ४२० जनाले निशुल्क सेवा लिएको छ । १९८ जना विद्यार्थी सहित २३१ जना सर्वसाधरण वडावसीहरुले निशुल्क सेवा लिएको हो । शनिवार वडा कार्यालयको आयोजनामा संञ्चालित आँखा सिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका टोलीले उपचार गरेका थिए ।

अस्पतालका क्याम्प सुपरभाईजर राज कुमार यादवका अनुसार सिविरमा १२ विद्यार्थी सहित ५७ जनाको भने शल्यक्रियानै गर्नु पर्ने अवस्था आएको जनाए । सिविरमा सबैभन्दा बढी मोतिविन्दुको बिरामी फेला परेको यादवको भनाई छ । वडाअध्यक्ष मनोज कुमार चौधरीले शल्यक्रिया गर्नु पर्ने सबै आँखा रोगीहरुलाई वडाले निशुल्क उपचार गर्ने जनाएको छ । चौधरीले आँखा सिविरमा विद्यार्थीहरुलाई पनि प्राथामिकता दिईएको थियो । शल्यक्रिया गर्नुपर्नेहरुलाई तत्काल अस्पताल लगिने चौधरीको भनाई छ । उनिहरुलाई आते जाते खर्च र खाने खर्च बाहेक अन्य सबै उपचारको खर्च वडाले बेहोर्ने जनाएको छ । सिविरलाई सगरमाथा चौधरी आँखा अस्पताल लाहान र नेत्र ज्योति संघ गाईघाटले प्राविधिक सहयोग गरेका थिए । सिविरको उद्घाट त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेतले गरेका थिए ।