
पूर्णपुष्टि, जेठ ११ ।
त्रियुगा नगरपालिका १ नं. वडाध्यक्षमा काङ्ग्रेसकाे प्यानलसहित मनाेजकुमार चाैधरी विजयी बनेका छन् ।
७६२ मतसहित चाैधरी वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेद्वार नारायणप्रसाद ढकालले ४८२ मत पाए ।
विजयि वडासदस्यहरुमा अर्जुनकुमार चाैधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् ।
