
पूर्णपुष्टि, जेठ १२ ।
त्रियुगा नगरपालिका २ नं. वडाध्यक्षमा एमालेकाे घमानसिङ खत्री विजयि भएका छन् । वडाकाे अन्य सदस्यमा भने सबै काङ्ग्रेसका उम्केदवार विजयी बनेका छन् ।
१०५१ मत प्राप्त गरी खत्री वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसका उम्मेद्वार टिकाराम बुढाथाेकीले ९९२ मत पाए ।
विजयि वडासदस्यहरुमा अर्जुनकुमार पाेखरेल, भगवानीप्रसाद चाैधरी रहेका छन् । महिला सदस्यमा छत्रकुमारी थापा राउत विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा पम्फा बि.क. निर्वाचित भएका छन् ।
