Friday, June 12News That Matters

त्रियुगाको वडा नं. ३ मा काँग्रेसले लियो अग्रता

पूर्णपुष्टि, जेठ १२ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ को ९ सय मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार तिलकबहादुर कटुवाले ३ सय ३ मतका साथ अग्रता कायम गरेको हो । कटुवाललाई नेकपा एमालेको उम्मेदवार धर्मबहादुर तामाङले २ सय ३६ मतका साथ पछ्याइरहेको छ ।
यता गठबन्धनको उम्मेदवार अवधेश प्रसाद चौधरीले १ सय ३२ मत प्राप्त गरेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बमबहादुर श्रेष्ठले १६ मत ल्याएको छ ।
वडा नं. ३ मा नगर प्रमुखका दावेदार मध्ये एमालेले २ सय ६८ मत ल्याएर पहिलो, काँग्रेसले २ सय ७५ मत ल्याएर दोस्रो र गठबन्धन २ सय ६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।