Tuesday, November 18News That Matters

त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

पूर्णपुष्टि, ३१ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास संस्था गाउँ सरसफाई अभियानमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नाराका साथ आज शनिवार त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास टोल स्थित कुसुम गाछीका स्थानिय बासिन्दाहरूले टोलको सरसफाई तथा सगरमाथा दिक्तेल सडक खण्ड अन्तर्गत कुसुमगाछी सडकको आसपास सरसफाई गरेका छन ।

पर्यावरणीय बातावरणलाई सरसफाई गर्दा गाउलाई हरियालि र सुन्दर बनाउनु मुख्य उदेश्य रहेको सरसफाई अभियानको संयोजक तारा कट्वालले जानकारि दिनुभयो ।

कटुवालका अनुसार उक्त अभियानको लागि वडा कार्यालयलाई डष्टविनको व्यवस्था गरिदिन अनुरोध गर्दा पनि वडा अध्यक्षले वेवास्ता गरेको स्थानीयहरुले गुणसो गरेका छन । अभियान प्रत्येक महनाको २ पटक गरिने टोल विकास संस्थाले जनाए ।