
पूर्णपुष्टि, वैशाख ३०
त्रियुगा नगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बसन्त बस्नेतले वडा नं. ११ स्थित त्रियुगा माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
उनले विहान ८ः१५ बजे घर नजिकै रहेको सो केन्द्रबाट मतदान गरेका हुन् । त्यसैगरी सोही पार्टीको उपमेयर उम्मेदवार सरिता राईले वडा नं. १२ स्थित जनप्रेमी विद्यालय केन्द्रबाट मतदान गरेकी छिन् । उनले विहान ९ः०० बजे मतदान गरेकी हुन् ।
