
पूर्णपुष्टि, जेठ १३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ को १ हजार ३ सय मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार उदवकुमार थापाले ६ सय ७० मत ल्याएर लिड गरिरहेको छ । थापालाई ३ सय ७९ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण खतिवडाले पछ्याइरहेको छ । सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार अगाडी रहेका छन् ।
वडा नं. ५ को मतपरिणाम अनुसार नगर प्रमुखमा पनि काँग्रेसकै उम्मेदवार वसन्तकुमार बस्नेतले ६ सय ११ मत प्राप्त गरेको छ । यता उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार सरिता राई ५ सय ८१ मतले अग्रस्थानमा देखिन्छ ।

