Monday, June 1News That Matters

त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने

पूर्णपुष्टि, वैशाख ३१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी माध्यमिक विद्यालयमा शुक्रवार गरिएको मतदान रद्ध गरिएको छ । स्थानीका अनुसार मतदाना स्थलमा धाधलि गरिएकोले सम्पूर्ण मतपत्र बदर गरिएको हो ।
सो केन्द्रमा मतदान गर्न खटिएका मतदान अधिकृतले धाधली गरेको भन्दै मतदाताले बिरोध गरेका थिए । सो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले मतदातालाइ औलामा रङ लगाइदिने तर मतपत्र नदिइ तपाइको काम सकियो भन्दै पठाउने गरेका थिए । मतदान गर्न पाउने आफ्नो अधिकार खोसिएको भन्दै मतदाताले बिरोध गरेपछी कर्मचारी र मतदाता बिच बिबाद भएको थियो । बिबाद बड्दै जादा मत हाल्न नपाएका मतदाताले मतदान स्थल तोडफोड गरेका थिए । मतदान स्थल तोडफोड भएपनी मटपेतिका भने प्रहरिले सुरक्षित रुम्पमा राखेको थियो ।
मतदान अधिकृत ले हेर्दा सोझोसाझा देखिने मतदातालाइमत पत्र नदिइ आफैले मत हाल्ने गर्ने क्रमामा प्रदेश साम्सद सुनिता कुमारी चौधरी लाई नचिनेर मत पत्र नदिइ पठाएका थिए। यस्तो क्रम निरन्तर बड्दै गएपछी आक्रोसित मतदाताले मतदान रोक्नुपर्ने माग राक्दै प्रदर्शन गरेका थिए । बिबाद बड्दै गएपछी स्थिति तनावग्रस्त भएको थियो । विवाद बडेसगै मतदान अधिकृत ले अर्को सुचना जारी नभए सम्मका लागि मतदान स्थगित गरेका छन् । सो मतदान स्थलमा मतदान स्थगित भएसगै त्रियुगाको मतगणना कार्यसमेत प्रभावित हुने देखिएको छ ।