Wednesday, April 29News That Matters

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

पूर्णपुष्टि, ३० जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा स्तरीय अन्तरक्रिया तथा समिक्षा गरिएको छ । बिहिबार प्रधानमन्त्री कार्यक्रम त्रियुगा नगरपालिकाका संयोजक निशा घले, वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिको टोली, वडा सचिव महेश खनाल नेतृत्वको कर्मचारी टोली सँगै स्थानीय र रोजगार कार्यक्रममा सहभागी मजदुरहरु सहितको उपस्थितिमा समिक्षा गरिएको हो ।

वडामा आर्थिक बर्ष २०८१/०८२ मा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बिषयमा समिक्षा गरिएको अध्यक्ष मान वहादुर राईले जनाए । यस बर्ष उक्त वडामा ४ ओटा प्रधानमन्त्री कार्यक्रम सम्पन्न भएको छ । वडा सचिव महेश खनालका अनुसार अम्वोके डिहिटार कृषि सडक, बरुवा अक्तर सिम्ले कृषि सडक, धौरी कृषि सडक र काभ्रै सिरुवानी सडक सहित ४ ओटा सडकहरुको स्तरउन्नती र नयाँ ट्«याक खोल्ने काम भएको सचिव खनालले जनाए । कामहरु सबै सकरात्मक र चित्त बुझ्दो रहेको पनि खनालको भनाई छ । रोजगार पाउने मजदुरहरु पनि खुसी छन् । उनिहरुले काम वावतको पैसाले घर ब्यवहार सँगै घरायसी लगानीमा सहज भएको जनाए ।