Thursday, June 4News That Matters

त्रियुगामा एमालेका मेयर उम्मेद्वार राउतद्वारा कांग्रेस उम्मेदवार बस्नेतविरुद्ध उजुरी

पूर्णपुष्टि, वैशाख २० गते ।
त्रियुगा नगरपालिकाको एमालेका मेयर उम्मेदवार भागवत राउतले नेपाली काङ्ग्रेसको मेयर पदको उम्मेदवार वसन्त बस्नेतको  खारेजको माग राख्दै उजुरी दिएकोमा सो उजुरीको अन्तिम टुङ्गो आज लगाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेका उम्मेदवार राउतले एपेक्स इन्द्रेणी जे।भि को प्रोपाइटर रहेका कांग्रेस उम्मेदवार बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता नगरेको आरोपसहित उनको उम्मेदवारी खारेजीका लागि मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हुन् । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ ९२० बमोजिम गरि १४ ९१० अनुसार उम्मेदवारी रद्द गरिपाउ ।”
मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको दावी गरिएको छ । उजुरीमा बस्नेतको उम्मेदवारी नै खारेज हुनुपर्ने दलिल पेस गरिएको छ । प्राप्त प्रमाणअनुसार गत वैशाख १६ गते एमाले उम्मेदवार राउतले उजुरी लेखि पेस गरेका हुन् । उक्त उजुरी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कर्यालयले आज छानविन गरी अन्तिम निर्णय दिने मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो ।