
पूर्णपुष्टि, जेठ १२ ।
उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा काङ्ग्रेसलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीले काङ्ग्रेसका बसन्त बस्नतेलाई १४८ मतले पछि पार्दै अग्रता लिएको हो ।
१० हजार ५१४ मत गणना हुँदा चौधरीले ३४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका काङ्ग्रेसका बस्नेतले ३३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २३६१ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
उपप्रमुखमा भने काङ्ग्रेसकी सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको २८५७ रहेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २६१३ मत रहेको छ ।
हालसम्म पाँचवटा वडाको मतगणना सकिएको छ । ३ वटा वडा गठबन्धनबाट माओवादी केन्द्रले जितेको छ भने एकवटा काङ्ग्रेस र एकवटा एमालेले जितेको छ ।
वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा काङ्ग्रेस र वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको हो । १६ नं. वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणशप्रसाद तिम्सिना, १४ मा हिमराज मगर, वडा नं. १ मा मनोजकुमार चौधरी र वडा नं. २ मा घमानसिंह खत्रीले विजय हाँसिल गरेका छन् ।
